प्युठानको झिमरुकमा बेवारिसे शव फेला
साझापथ संवाददाता
प्युठान,साउन २९ । प्युठानको झिमरुक नदि किनारमा बिहिबार एक पुरुषको बेवारिसे शव फेला परेको छ ।
प्युठान नगरपालिका–४ सत्तरी स्थित झिमरुक नदीको बगरमा नाम, थर, वतन नखुलेको करिब ५० वर्षीय एक पुरुषको शव फेला परेको प्रहरीले बताएको हो। ५ नम्वर प्रदेश प्रहरी कार्यालय दाङका अनुसार इलाका प्रहरी कार्यालय विजुवारले शवको पहिचानको लागि अनुसन्धान अघि बढाएको छ ।
प्रहरीले दिएको हुलिया अनुसार शरिरमा दुवी भएको, आधा कपाल फुलेको, मंगोलियन जस्तो देखिने, अन्दाजी ५ फिट ३ इन्चको रहेको छ । शव आज दिउँसो भेटिएको थियो ।