ट्रक र अटो ठोक्किँदा दुईको ज्यान गयो



दुर्घटनाग्रस्त अटो

हेटौंडा,साउन २९ । हेटौंडामा ट्रक र अटो रिक्सा आपसमा ठोक्किँदा २ जनाले ज्यान गुमाएका छन् भने १ जना गम्भीर घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौं‌डा–३ स्थित बसामाडीको तीनताप्केमा हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रक र बस्तीपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना २ ह ३४६६ अटो बिहीबार बिहान आपसमा ठोक्किए र दुर्घटना भएको छ ।

मृत्यु हुनेमा अटोमा सवार दुई जना रहेका छन् ।दुर्घटनामा परी गम्भीर घाइते भएका अटो चालकको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्