टोखा नगरद्वारा बिपत व्यवस्थापन सामग्री खरिद



नगरपालिकाद्वारा खरिद बिपत ब्यवस्थापन सामग्री

काठमाडौं,साउन २९ । टोखा नगरद्वारा बिपत व्यवस्थापन सामग्री खरिद गरिएको छ। महामारीको रूपमा विश्वव्यापी फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि टोखा नगरपालिकाले उक्त सामग्री खरिद गरेको हो।

झण्डै ८ लाख बराबरको रकममा खरिद गरिएको सामाग्रीमा स्ट्रेचर, लाइट, बुट, साबेल, त्रिपाल, गल, बाल्टी, बोर्कर हेल्मेट,फोल्डिङ्ग, रेस्क्यु डोरि, फायर एक्सटिगुइसर, बोरा, डोरि लगायतका सामग्री रहेका छन । उक्त सामाग्री तत्कालका लागि वडा नम्बर ५ मा भण्डारण गरिएको नगर प्रमुख प्रकाश अधिकारीले बताए ।

टोखा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारीका अनुसार पछिल्लो समय कोरोना भाइरसका साथै विभिन्न दैवीप्रकोपका समय रहेकाले नगरले पुर्व तयारी स्वरुप सामाग्री खरिद गरिएको हो ।

टोखा नगरपालिकाले कोरोना भाइरस नियन्त्रणका लागि समेत पछिल्लो दिन यता विभिन्न सचेतनामूलक काम गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्