काठमाडौंको सुन्धारामा रहेका अस्थायी पसल हटाइयो



काटमाडौं साउन २९ ।

काठमाडौंको सुन्धारामा रहेका अस्थायी व्यापारीक संरचनाहरु बिहीबार हटाइएको छ ।

महानगरपालिकाले विना अनुमति संरचना बनाएको भन्दै संरचना भत्काउन शुरु गरेपछि व्यापारीहरुले अवरोध गरेका थिए । आफुहरुले गुठी संस्थानलाई भाडा तिर्दै आएको र संस्थानकै अनुमतिले पसल संञ्चालन गर्दै आएको दावी गर्दै व्यापारीहरुले पसल हटाउन मानेका थिएनन् ।

महानगरले संरचना हटाउन सूचना समेत नदिएको उनीहरुको गुनासो थियो । तर, पछि व्यापारीहरु आफैले पसल हटाएका थिए । काठमाडौं महानगरपालिका वडा नम्बर २२ मा रहेको गुठी संस्थानको सो जग्गामा करिब २२ वटा पसलको भाडा गुठी संस्थानलाई तिर्दे आएको व्यापारीहरुको दाबी छ ।

केही वर्षअघि सो क्षेत्रमा कम्प्लेक्स भवनको नक्सा स्वीकृत भएपछि महानगरपालिकाले पुरातात्विक सतल मासिने भन्दै नक्सा खारेज गरेको थियो । तर गुठी संस्थानका सूचना अधिकारी सरोज थपलियाले भने महानगरपालिकाले खारेज गरेको सो नक्साको विषयमा गुठी संस्थानलाई कुनै जानकारी नदिएको बताए ।

उनले टेन्डरमार्फत ३ वर्षअघिदेखि नै सो जग्गा व्यापारिक प्रयोजनका लागि भाडामा दिदै आएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्