रौतहटमा भैंसी तस्कर र प्रहरीबीच झडप



रौतहट साउन २९ ।

रौतहटको सिमा क्षेत्र राजपुर नगरपालिकामा बिहिबार दिउसो भैसी तस्कर प्रहरी बिच दोहोरो झडप भएको छ । झडपलाइ नियन्त्रण लिन रौतहट प्रहरीले १४ राउण्ड हवाइ र ८ राउण्ड आश्रु ग्यास गोली चलाएको छ ।

लकडाउनको समयमा पनि भारतबाट तस्करी गरेर अवैध रुपमा नेपाल भित्राउदै गरेको राँगा भैसि नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । राजपुर नगरपालिकाको कुडिया बजारमा चोर बाटोबाट ल्याइएका ५८ थान राँगा भैसि एकै ठाँउमा जम्मा पारेर राखेको सूचनाको आधारमा राँगा भैंसी नियन्त्रणमा लिन गएको नेपाल प्रहरी र स्थानियबिच झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता तथा डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन ।

भैसि तस्करले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि स्थीती नियन्त्रणमा लिन ८ राउण्ड अश्रु ग्यासको सेल र १४ राउण्ड गोली हवाई फायर गरेको डिएसपी श्रेष्ठले बताए । अहिले त्यहाँको अबस्था समान्य रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्