सवारी पास वितरण सम्बन्धी गृहको निर्णय ‘करेक्सन’, अत्यावश्यक सेवाका लागि डीसीसीएमसीबाट पास पाइने



काठमाडौँ साउन २९ । सवारी पास वितरण व्यवस्थित गर्ने सम्बन्धी गृह मन्त्रालयकोनिर्णय २४ घन्टा नबित्दै संशोधन भएको छ ।

गृहले बिहीबार विज्ञप्ति जारी गर्दै २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णयबाट मात्रै अत्यावश्यक सेवाका सवारीमा पास वितरण गर्न निर्देशन दिएको हो । कोरोना भाइरसको जोखिम बढेको भन्दै बुधबार देशभर सवारी पास वितरणसम्बन्धी कार्य बन्द गर्न निर्देशन दिएको थियो ।

एम्बुलेन्स, सरकारी कर्मचारी लगायतको समेत आवागमन असर पुगेपछि बुधबारको निर्णय सच्याउँदै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रबाट अत्यावश्यक सवारी साधनलाई पास दिने व्यवस्था गर्न गृहले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्