कालीकोटमा भयंकरको पहिरो, वडा सदस्यको घर पुरिँदा ६ जनाको ज्यान गयो



कालिकोट, साउन ३० । अविरल बर्षासंगै गएको पहिरोमा परी कालीकोट महावै गाँउपालिका ३ नुकस्थित एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।

पहिरोले वडा सदस्य रज बहादुर विष्टको घर पुरिएर रजबहादुरका छोरा १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट, छोरी १८ वर्षीय सविना विष्ट र १५ वर्षीय आशा विष्टको मृत्यु भएको छ।

सोही घरमा सुतिरहेका रजबहादुरका दाजु डिलबहादुरका १९ वर्षीया छोरी शान्ति विष्ट र १० वर्षीया छोरी रेशा विष्टको समेत मृत्यु भएको छ।


पहिरो राति १२ बजे पछि गएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्