सिन्धुपाल्चोक पहिरो : ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो, तीन दर्जन बेपत्ता, २ को शव भेटियो



सिन्धुपाल्चोक साउन ३० । लिदीबाट पहिलो चरणमा चार सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

पहिरो गएका क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली उद्धारका लागि आएको र चार नेपाली सैनिक र एका इञ्जिनीयरलाई त्यसतर्फ पठाइएको छ । त्यस्तै रेडक्रस पनि राहत सामग्री लिएर घटनास्थल जाँदै गरेको रेडक्रस सिन्धुपाल्चोकका मन्त्री कमलचरण कक्षपतिले जानकारी दिए ।

जुगल गाउँपालिका– २ लिदीमा शुक्रबार बिहान भीषण पहिरो जाँदा कम्तीमा ३५ जना बेपत्ता भएको स्थानीयवासीले जानकारी दिएका छन् । लिदीको लामाचौरमा बस्तीभन्दा कम्तीमा चार सय मिटर माथिबाट आएको पहिराले २८ घर पुरेको स्थानीयवासीको भनाइ छ ।

स्थानीयवासी पेशलाल दोङका अनुसार दुई जनाको शव देखिएको छ । माथिबाट पहिरो आइरहेकाले खोज तथा उद्धारमा समस्या भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्