सिन्धुपाल्चोक पहिरो अपडेट : ७ जनाको शव भेटियो, ३१ अझै बेपत्ता



सिन्धुपाल्चोक साउन ३० ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरोमा परी मृत्यु भएका ७ जनाको शव फेला परेको छ ।

पहिरोमा परेकामध्ये अझै ३१ जना बेपत्ता छन् । पहिरोले ३५ घर ध्वस्त भएका छन् । पहिरामा परी घाइते भएका १४ जनाको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

पहिरामा पुरिएका पाँच शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए ।

घाइतेको उद्धार जारी छ । पहिराबाट निकालिएका घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाडौँ पठाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्