‘शरीर बन्धक कसुरुमा लिखु गाउँपालिकाका अध्यक्ष पक्राउ



रामेछाप साउन ३० ।

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर गरेको अभियोगमा उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको रामेछाप जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय उपभोक्ता समितिका दर्पण घिसिङलाई बन्धक बनाएर चेकमा सही गर्न लगाएको आरोप उनीमाथि लागेको छ । खड्का तत्कालीन नेकपा एमालेबाट निर्वाचित अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्