कोरोना अपडेट: बितेको २४ घण्टामा ५९४ संक्रमित थपिए



काठमाडौं, बितेको २४ घन्टामा विभिन्न जिल्लामा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा योसंगै कोरोना भाइरस संक्रमितको संख्या २५ हजार नाघेको छ ।

विभिन्न जिल्लामा थपिएका ५ सय ९४ जनासहित देशभर संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

संक्रमितमध्ये १७ हजार ७७ जना उपचारपछि घर फर्किएका छन् भने ९९ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्