काठमाडौं उपत्यकामा ११९ कोरोना संक्रमित थपिए



काठमाडौं, साउन ३० । काठमाडौं उपत्यकामा शुक्रबार ११९ जना कोरोना संक्रमण पुष्टि भएको छ। देशभर ५ सय ९४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै   ११९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका ८३ जना र ललितपुरका ३० जना र भक्तपुरका ६ जना रहेका छन् ।

नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ११ हजार ५ सय ७५ जनाको पिसीआर परिक्षणमा ५  सय ९४ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यस्तै बितेको २४ घन्टामा २४० जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १७ हजार ७७ रहेको छ । देशभर कुल संक्रमितको सख्या २५ हजार ५ सय ५१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्