कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु



काठमाडौं,साउन ३० । नेपालमा कोरोना संक्रमणबाट २४ घण्टामा ४ जनाको मृत्यु भएको छ ।यससगैँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ ।

पछिल्लो समय मृत्यु हुने ४ जनामध्ये मोरङ र सिरहाका १–१ तथा बाराका २ जनाको गरी ४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ११९ सहित देशभर ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।योसहित हालसम्म कोरोना संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको छ।यस्तै देशभर ७ हजार ९१३ सक्रिय संक्रमित रहेका छन् ।

यस्तै डिस्चार्ज हुनेको संख्या १७ हजार ७७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्