काठमाडौं उपत्यकामा आज रातिदेखि भदौ १५ सम्म निषेध



काठमाडौं साउन ३० ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गइरहेको भन्दै ३० साउन रातिदेखि लागू हुने गरी १५ दिनसम्मका लागि विभिन्न गतिविधिमा रोक लगाइएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जारी गरेको को विज्ञप्तिमा खुल्ला स्थानमा मानिसको भेला हुनेदेखि पूजा पाठ हुने स्थान र होटेल रेस्टुराँसम्मका सबै क्षेत्रमा कडाइका साथ नियम लागू हुने बताइएको छ।

उनका अनुसार यो नियम ३० साउन रातिदेखि १५ भदौसम्म लागू हुनेछ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रमुखहरूको संयुक्त बैठकले विभिन्न गतिविधिमा रोक लगाउने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्