प्युठानमा २३६ मुद्दा प्रहरीमा दर्ता,१३५ फर्छौट



साझापथ संवाददाता

प्युठान,साउन ३० । प्यूठानमा बितेको एक बर्षमा प्रहरीमा कुल २ सय ३६ ओटा मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार गत आर्थिक वर्ष २०७६।०७७को अबधीभर बिभिन्न प्रकृतीका २ सय ३६ ओटा मुद्दाहरु प्रहरीमा दर्ता भएका हुन ।

त्यसमध्ये १३५ मुद्दा फर्छौट भएको र १०१ ओटा मुद्दा फच्यौट हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरिक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो। गएको आर्थिक वर्षमा सबै भन्दा बढी झुण्डीएर आत्महत्या गरेका मुद्दा दर्ता भएका छन् । प्रहरीका अनुसार कर्तव्य ज्यान ५,ज्यान मार्ने उद्योग ८, लागु औषध २,आत्महत्या ६२,पशुपंछी सम्वन्धी कसुर(गौवध) १ रहेका छन् ।

यो अवधिमा १८ जबर्जस्ती करणी र ४ वटा करणी उद्योगका मुद्दा दर्ता भएका छन्। त्यसैगरि चोरी ३, बहुविवाह ६, बालविवाह १, सार्वजनिक हित र नैतिकता विरुद्धको कसुर ७८, जातिय छुवाछुत तथा भेदभाव २ जुवा सम्बन्धी कसूर १ र अन्य बिबिध रहेको प्रहरीले जनाएको छ । यो अबधीमा जम्मा १ सय ३२ जना प्रतिवादी पक्राउ परेको प्रहरी तथ्याकंमा छ।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा कुल २ सय १५ ओटा मुद्दा प्रहरीमा दर्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्