काठमाडौंको मनमैंजुमा छुरा प्रहारबाट युवकको मृत्यु, मृतक नुवाकोटको भएको अनुमान



काठमाडौं साउन ३० । मनमैंजुको मितेरी पुल नजिक छुरा प्रहार गरेर एक युवकको हत्या गरिएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखा स्रोतका अनुसार मादक सेवन गरी दुई समूहबीच झडप हुँदा छुरा प्रहारबाट लक्ष्मण तामाङको मृत्यु भएको हो । उनी छुरा प्रहारबाट गम्भीर घाइते भएकामा उपचारका लागि ग्रिनसिटी अस्पताल सामामुखसी लैजाँदै गर्दा मृत्यु भएको हो ।

महाशाखाका अनुसार लक्ष्मण र दोर्जे शेर्पाका समूहका तीन/तीन जना युवाहरु मादक पदार्थ पिउँदै थिए । पिउने क्रममा उनीहरुबीच विवाद हुँदा छुरा प्रहार भएको थियो । छुरा प्रहार गर्ने दार्जेलगायतका व्यक्ति फरार भएको र उनीहरुको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्