नुवाकोटमा कोरोना संक्रमितको संख्या ६८ पुग्यो

नुवाकोट,साउन ३१ ।नुवाकोटमा कोरोना संक्रमितको संख्या ६८ पुगेको छ।
शुक्रवार विदुर नगरपालिका वडा नम्बर ६ ईनारपाटीका एक ३७ वर्षिय एक पुरुषमा कोरोना संक्रमण देखिएसंगै संक्रमितको संख्या ६८ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जनाएका छन् ।
टेकु काठमाण्डौमा गरिएको पिसिआर परिक्षणका क्रममा ती ब्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो । त्यस्तै नुवाकोटका ४२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
संक्रमितमध्ये १५ जनाको त्रिशुली अस्पताल, ५ जनाको खरानीटार अस्पताल र ६ जनाको काठमाण्डौमा उपचार भइरहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।