वाग्मती प्रदेश: कुल संक्रमित २५१८,मृत्यु १७,निको हुने ६३८



काठमाडौं,साउन ३१ । पछिल्लो दिन यता वाग्मती प्रदेशमा संक्रमणदर वृद्धि भएको छ।शुक्रबार मात्रै प्रदेशमा थप १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससगै वाग्मती  प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २ हजार ५ सय १८ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै प्रदेशमा हालसम्म कोरोना संक्रमणको कारण १७ जना संक्रमितको मृत्यु भएको छ भने ६ सय ३८ संक्रमित कोरोना मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्