चक्कु प्रहार गरी नुवाकोटका लक्षण तामाङको हत्या गर्ने पक्राउ



काठमाडौं साउन ३१ । काठमाडौँको टोखा नगरपालिका–९ मा धारिलो हतियार (चक्कु) प्रहार गरी नुवाकोटका लक्ष्मण तामाङको हत्यामा संलग्न दोलखाका २४ वर्षीय आङदोर्जे शेर्पालाई पक्राउ गरिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता सोमेन्द्रसिंह राठौरले हत्या आरोपी शर्पालाई बिहान माछापोखरीस्थित नागार्जुन गेष्ट हाउसको १०१ नं कोठाबाट पक्राउ गरिएको जानकारी दिए । गोङ्गबु बसपार्क नजिकै दीपज्योतिमा शुक्रबार साँझ चक्कु प्रहारबाट नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको हो ।

तारकेश्वरस्थित गोर्खा खाजा घरमा शुक्रबार राति विवाद भएपछि झडप हुँदा चक्कु प्रहारबाट तामाङको मृत्यु भएको थियो । तामाङको शव ग्रिनसिटी अस्पताल बसुन्धरामा राखिएको छ । हत्याका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए ।

प्रतिक्रिया दिनुहोस्