सिन्धुपाल्चोक पहिरो अपडेट : १६ जनाको शव भेटियो, १ जनाको जीवितै उद्धार



सिन्धुपाल्चोक साउन ३१ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा पहिरोमा परेर हराइरहेकामध्ये १६ जनाको शव भेटिएको छ ।

शनिवार थप ५ जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या १६ पुगेको हो । उनीहरु सबैको परिचय खुलेको छ । शनिवार जुगल गाउँपालिका(२ का १६ वर्षका माइला पराङ दोङ, ३७ वर्षकी मेकमाई दोङ, ११ वर्षकी च्यांमा दोङ, ७ वर्षकी विमला दोङ र ७ महिनाका कविर दोङको शव भेटिएको हो । यस्तै शुक्रवार ३६ वर्षकी टिकामायाँ दोङ, १४ वर्षका छिरिङ दोङ, ८० वर्षका जिते झाँक्री, ८ वर्षका मिलन दोङ, ५ वर्षका सानु दोङ, ७० वर्षका जयबहादुर दोङ, ३० वर्षकी दावा लामु दोङ, ५ वर्षकी प्रिती दोङ र ५ महिनाकी तारा लामु दोङको शव भेटिएको थियो ।

पहिरोमा पुरिएर जीवितै उद्धार गरिएका दावा ग्याल्बो दोङको चौतारामा उपचार भैरहेको छ । ९ वर्षका रुप बहादुर दोङ उपचारपछि घर फर्किएका छन् भने शनिवार भेटिएका दावा ग्याल्बो दोङसहित ५ जनाको चौतारा र काठमाण्डौमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्