कोरोना अपडेट: बितेको २४ घण्टामा ४६८ संक्रमित थपिए



काठमाडौं,साउन ३१ । बितेको २४ घन्टामा देशभर ४ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार नाघेको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका ४ सय ६८ सहित देशभर संक्रमितको संख्या २६ हजार १९ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १७ हजार २ सय १ जना उपचारपछि घर फर्किएका छन् भने १ सय २ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्