काठमाडौं उपत्यकामा ९८ जनामा कोरोना संक्रमण



काठमाडौं,साउन ३१ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

शनिबार थपिएकामध्ये काठमाडौंमा ८०, ललितपुरमा ९ र भक्तपुरमा ९ सहित ९८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।उनीहरुको परीक्षणका क्रममा पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।

यसैगरि पछिल्लो २४ घण्टामा देशभर ४६८ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या २६ हजार १९ पुगेको छ।

यसैगरि पछिल्लो २४ घण्टामा १२४ जना डिस्चार्ज भएसँगै कोरोना निको हुनेको संख्या १७ हजार २०१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्