सिन्धुपाल्चोक पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो, २१ जना अझै बेपत्ता



सिन्धुपाल्चोक साउन ३१ ।

सिन्धुपाल्चोकको जुगलमा शुक्रबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ।

शनिबार थप ७ जनाको शव फेला परेपछि मृत्यु हुनेको संख्या १८ पुगेको पुष्टि भएको हो। यसअघि सो ठाउँमा ११ जनाको शव फेला परेको थियो।

सो पहिरोमा परी थप २१ जना अझै बेपत्ता रहेको प्रहरीले बताएको छ। प्रहरीले दिएको जानकारी अनुसार शनिबार १६ वर्षीय माइला पराङ दोङ, ३७ वर्षकी मेकमाई दोङ, ११ वर्षकी च्यामा दोङ, ७ वर्षकी विमला दोङ, ७ महिनाका कबिर दोङ, ११ वर्षीया लक्ष्मी दोङ र ३० वर्षीय मानबहादुर दोङ छन्।

सो पहिरोमा घाइते भई उपचाररत् ५ जनामध्ये एकजना अस्पतालबाट डिस्चार्ज भएको प्रहरीले जनाएको छ।सो पहिरोबाट ३७ घरमा क्षति पुगेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्