बागलुङमा स्थानीयले बनाए ४ किलोमिटर गोरेटो बाटो



बाग्लुङ,साउन २१ । गलकोट नगरपालिका ७ मल्म दाग्दीखोला देखि वडा नम्बर ११ रिघा गोठलाङ सम्मको गोरेटो बाटो मर्मत गरिएको छ ।

भर्याङ सामुदािक वन उपभोक्ता समूह गलकोट नगरपालिका ७, १० र ११ का उपभोक्ताहरूको जनश्रमदान मार्फत झण्डै ४ किलोमिटर गोरेटो बाटो मर्मत सम्भार गरिएको सामुदायीक वन उपभोक्ता समितीका अध्यक्ष ज्ञान बहादुर कार्कीले जानकारी दिनुभयो ।

भर्याङ सामुदायीक वनको सक्रियतामा प्रत्येक वर्ष हरितालिका तीजको पूर्व सन्ध्यामा उक्त गोरेटो बाटो मर्मत सम्भार गरिँदै आएको सामुदायीक वन उपभोक्ता समितिका सचिव छममाया पुन काउचाले जानकारी दिनुभयो । साविकको पाण्डवखानी, रिघा र मल्म गाविसका विभिन्न वडा बाट गरी ४५ जना स्थानीयको सक्रियतामा उक्त कार्य सम्पन्न गरिएको सचिव काउचाले बताउनु भयो । बर्खायाम सँगैको निरन्तरको वर्षाले गोरेटो बाटोको ठाउँ ठाउँमा बनेका खाल्डा खुल्डी मर्मत सँगै झाडी समेत सफाई गरिएको बताइएको छ ।

गोरेटो बाटो मर्मत गरेसँगै साविकका ३ गाविस रिघा, पाण्डवखानी र मल्मका स्थानिय बासिन्दालाई पैदल यात्रा गर्न सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्