अर्घाखाँचीमा टिप्परको ठक्करबाट बालकको मृत्यु



अर्घाखाँची,साउन ३१ । अर्घाखाँचीको गोरूसिङगे सन्धिखर्क सडक खण्डमा टिप्परले ठक्कर दिदा एक बालकको मृत्यु भएको छ ।

गोरूसिंगेबाट नरपानि आउँदै गरेको ना ८ ख ६६९८ नम्बरको टिप्परले विपरित दिसाबाट आउदै गरेको लु ३२ प २३९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ सन्धिखर्क नगरपालिका वडा नं.७ का ३ बर्षिय बालक अभिषेक थापाको घटना स्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रकाश खत्रीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार साना दुई बच्चा सहित ४ जना रहेको र अन्य ३ जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।

यसबारे थप अनुसन्धान भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्