सिन्धुपाल्चोक लिदीका पहिरो प्रभावितलाई तामाङ कलाकार संघको १ लाख



काठमाडौं साउन ३१ । नेपाल तामाङ कलाकार संघले सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२, लिदीका पहिरोपीडितका लागि १ लाख नगद सहयोग गरेको छ ।

कलाकार संघको अक्षय कोषबाट पहिरोपीडितका लागि सहयोग गरिएको हो । सहयोग रकम जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङलाई कलाकार संघका अध्यक्ष सन्जीव वाइबाले शनिबार हस्तान्तरण गरे ।

सोही अवसरमा भक्तपुरका समाजसेवी पूर्णबहादुर लिम्बुले तामाङ कलाकार संघको समन्वयमा २५ हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।

साउन ३० गते शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका- २, लिदीमा ३८ धुरी तामाङ बस्ती पहिरोमा परी ठूलो धनजनको क्षति भएको छ । शनिबार साँझसम्म १८ जनाको शव भेटिएको छ भने २१ जना अझै बेपत्ता छन् ।

तामाङ कलाकार संघले यो विपतको बेला नेपाल सरकार, सबै संघसंस्था, समाजसेवीलगायतमा पीडितको सहयोगका लागि अपील समेत गरेको छ ।

कोरोना भाइरस कोभिड १९ को सामाना गरिरहेको समयमा झन् प्रकृतिक विपत्ति पहिरोले स्थानीयलाई रुवाएको भन्दै लिदीका बस्ती जोखिम रहेकोले तत्काल स्थानान्तरणका लागि नेपाल सरकार, सम्बन्धित निकायसँग माग समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्