बल्खु खोलामा शव फेला



काठमाडौं,साउन ३२ । बल्खु खोलामा शव फेला परेको छ।बल्खुको तीनथान जोड्ने झोलुंगे पुलमुनी एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाए अनुसार शव फेला परेको स्थान कीर्तिपुर–२ र चन्द्रागिरी–१५ को सिमानामा पर्ने बल्खु खोलाको पुलमुनी पर्दछ। शवको प्रकृति हेर्दा अन्दाजी ४०–५० वर्षको उमेरको,टाउकोमा चोट लागेको र दुवै हात भाँचिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

शव खोला किनारमा अड्किएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी रुकेश तण्डुकारले जानकारी दिए ।

अनुसन्धानका क्रममा हत्या गरेर फालेको वा हाम्फालेर आत्महत्या गरेको पनि हुनसक्ने प्रहरीले अनुमान गरेको छ। शव पहिचानका लागि प्रहरीले  सामाजिक संजालमार्फत शवको फोटो सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्