बुटवल उपमहानगरपालिका अनिश्चितकालका लागि बन्द



बुटवल,साउन ३१ । बुटवल उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आजदेखि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ ।

उपमहानगरपालिकामा कार्यरत तीन अधिकृत र एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टिसँगै स्वास्थ्य, सरसफाइ र दमकल जस्ता अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले आइतबार सूचना जारी गर्दै तोकिएका बाहेक सबै सेवा बन्द गरिएको जानकारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्