अछाममा खोलाले बगाएर एकै परिवारका चार जनाको मृत्यु



अछाम साउन ३२ । अछाममा खोलाले बगाएर चारजनाको मृत्यु भएको छ ।

अछाम र कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा एकै घरका चारजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा पन्चदेवल विनायक नगरपालिका(९ तानकोटका ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया बिपना बोहरा, एक वर्षीया आकृति बोहरा र छोरा ७ वर्षीय हेमन्त बोहरा रहेका छन् ।

उनीहरुको खोला तर्ने क्रममा शनिबार साँझ बगेर मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्