पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरी बढ्यो



काठमाडौं साउन ३२ ।

नेपालमा पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरी बढेको छ ।

नेपाल आयल निगमले आइतबार पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर एक/ एक रुपैयाँका दरले बढाएको हो ।

बढेको पेट्रोल प्रतिलिटर १०५ रुपैयाँ २५ पैसा, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ । आइतवार राति १२ बजेबाट लागू हुनेगरी मूल्य पेट्रोल, डिजल र मट्टितेलको रुपैयाँ बढाइएको हो ।

यसअघि निगमले साउन १८ गते मात्रै पेट्रोल, डिजलको भाउ प्रतिलिटर २ रुपैयाँले बढाएको थियो । यद्यपी खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्