छोरीको हत्यामा आमा पक्राउ

प्युठान,भदौ १ । प्यूठानमा आफ्नै छोरीलाई घाटी थिचेर हत्या गरेको आरोपमा आमा पक्राउ परेका छिन् ।
पक्राउ पर्नेमा जिल्लाको सरुमारानी गाउँपालिका वडा नंवर १ बाङ्गेसाल (सानाकिसान) बस्ने अन्दाजी ४० वर्षीया मायां अधिकारी रहेकी छन्। आफ्नै ३ वर्षीया छोरी आयुष्मा अधिकारीको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
मानसिक सन्तुलन ठिक नभएको बताइएकी उनले आईतबार सांझ आफ्नै छोरीको घाँटी थिचेर हत्या गरेको स्थानीयले बताएका हुन।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।