सिन्धुपाल्चोक जुगलको पहिरामा मृत्यु हुनेको संख्या २२ पुग्यो [अपडेट]



सिन्धुपाल्चोक १ भदौ । जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

सोमबार बिहान थप तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार वर्ष २२ का छविलाल दोङ, वर्ष छ का सुमन दोङ र वर्ष १० का सुरज दोङको शव फेला परेको हो ।

पहिरामा बेपत्ता ३९ जनामध्ये सोमबारसम्म २२ जनाको शव फेला परेको र अन्यको सेना, प्रहरी र स्थानीयवासीले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

लिदीमा शुक्रबार बिहान पहिरो जाँदा ३८ घर पुरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्