नुवाकोटमा कोरोना संक्रमितको संख्या ७० पुग्यो, सोमबार तादीमा १ संक्रमित फेला

नुवाकोट भदौ १ । नुवाकोटमा कोरोना संक्रमितको संख्या ७० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङका क्रममा नुवाकोटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । यससँगै संक्रमितको संख्या नुवाकोटमा ७० पुगेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले पछिल्लो २४ घन्टामा तादी गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको साझा पथलाई जानकारी दिए ।
नेपालभर पछिल्लो २४ घन्टामा ५८१ जनामा संक्रमण पुष्टि भएको छ ।
