उपसभामुख राधिका तामाङकी ९ वर्षीय छोरामा पनि कोरोना पोजिटिभ



मकवानपुर भदौ १ । वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङकी ९ वर्षीय छोरामा पनि कोरोना पोजिटिभ देखिएको छ ।

उपभामुख र उनका छोराको दोहोर्‍याएर शुक्रबार स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा दुवैमा कोरोना संक्रमण पुष्टि भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । ‘एक बैठकमा सहभागी हुने क्रममा कोरोना शंका लागेर बुधबार उपसभामुख, परिवार र सचिवलयसहित ६ जनाको स्वाब संकलन गराइयो । बिहीबार रिपोर्ट आउँदा हाम्रो नेगेटिभ र आमा (उपसभामुख)‌-छोराको शंकास्पद भने,’ तामाङका श्रीमान् एवं विद्यार्थी नेता डीबी तामाङले भने, ‘शुक्रबार पुन: स्वाब संकलन गरी परीक्षण गराउँदा आज पोजिटिभ आएको पुष्टि भयो ।’

उनका अनुसार नुवाकोट दुप्चेश्वर गाउँपालिका ६ का वडाध्यक्षसँगको बैठकपछि वडाध्यक्ष संक्रमित भएको पुष्टि भएको र त्यसपछि उपसभामुख टिमले पनि पीसीआर परीक्षण गराएको हो । उपभामुख र छोरा अहिले आइसोलेसनमा बसेका छन् । स्वाब संकलन गर्दा असावधानीका कारण उपसभामुखमा घाँटी दुखाइ र सामान्य खोकीको लक्षण मात्र रहेको तामाङले बताए ।

दुप्चेश्वर ६ का वडाध्यक्ष भने अहिले नुवाकोट खरानीटारमा आइसोलेसनमा बसेका छन् ।

युवा नेता तामाङले नेगेटिभ रिपोर्ट आउदा तत्कालै भन्ने र पोजिटिभ देखिएमा सम्बन्धित व्यक्ति वा परिवारलाई बेलैमा खबर नगर्नाले कोरोना फैलाउनमा राज्य नै दोषी देखिएको टिप्पणी गरे । संक्रमण पुष्टि भएपछि जोसुकै भए पनि समयमै जानकारी दिँदा थप संक्रमण फेलिनबाट जोखिने उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्