कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, मृतकको संख्या १ सय ७ पुग्यो



काठमाडौं भदौ १ ।

कोरोना संक्रमणबाट नेपालमा थप तीनजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सोमबारको नियमित मिडिया ब्रिफिङका क्रममा काठमाडौंकी ५८ वर्षीया महिला, रौतहटका ३२ वर्षीय पुरुष र मोरङका ६० वर्षीय पुरुषको मृत्यु भएको बताए ।

प्रतिक्रिया दिनुहोस्