प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा श्रेष्ठको बिदाइ,भण्डारी नियुक्त



काठमाडौँ,भदौ २ ।  प्रेस काउन्सिल नेपालको नियमावलीमा परिवर्तन गर्दै सरकारले पहिलो पटक कार्यबाहक अध्यक्ष हुने व्यवस्थालाइ बैधानिकता दिएको छ । यससँगै प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा नवनियुक्त सदस्य दुर्गा भण्डारीलाइ तोकेको छ ।

पछिल्लो समत काउन्सिलका सदस्य किशोर श्रेष्ठ काउन्सिलको अध्यक्ष थिए।उनले सदस्यहरुको बैठक डाकेर आफुलाई कार्यवाहक अध्यक्षका रुपमा स्थापित गरेका थिए।यद्यपि नियमावलीमा भने सो व्यवस्था थिएन । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नियमावलीमा हेरफेर गर्दै यस्तो निर्णय गरेको हो ।

यसअघि नियमावलीमा कार्यवाहकको व्यवस्था नभएकाले  श्रेष्ठले लिदै आएको तलब सुविधाबारे महालेखा परीक्षकको प्रतिवेदनले बेरूजु देखाउदै प्रश्न गरेको थियो । काउन्सिलको अध्ययक्षमा नियुक्त भवानी बरालबिरूद्ध अदालतमा मुद्दा बिचाराधिन रहेका कारण काउन्सिल लामो समयदेखि नेतृत्वबिहीन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्