प्युठानमा च्याउ खाँदा दुईको मृत्यु, ३ बिरामी



साझपथ संवाददाता

प्युठान,भदौ २ । प्यूठान जिल्लाको नौ बहिनी गाउँपालिका वडा नम्बर ६ ढाँडखोलामा जंगली च्याउको तरकारी खाँदा दुई जनाको मृत्यु भएको छ भने ३ जना बिरामी परेका छन।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यू हुनेमा १३ वर्षीया सुगम घर्ती र १५ वर्षका सुरेस घर्ती रहेका छन। एकै परिवारका दाजुभाई रहेका उनीहरुको घरमै मृत्यू भएको गाउपालिकाका स्वास्थ्य शाखा उपप्रमुख गोबिन्द केसीले बताए ।

बुबाआमा र अर्का छोरा भने बिरामी परेका छन् । जंगली च्याउको पहिचान नगरी पकाएर खाएका मृतकका बुवा ३३ बर्षीया बिष्णु घर्ती सहित आमा ३० बर्षीया लिला घर्ती र दाई १७ बर्षीया शशी घर्ती बिरामी परेका हुन।

उनिहरुको जिल्ला अस्पताल प्युठानमा उपचार भैरहेको छ। बिरामीको स्वास्थ्य अबस्था सामान्य रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्