नेपालको राष्ट्रिय झण्डा र ढाका टोपी जलाउनेलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी



काठमाडौं भदौ २ ।

नेपालको राष्ट्रिय झण्डा र ढाका टोपी जलाउनेलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी परेको छ।

हेमराज थापा र उत्तम कार्कीले महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएका हुन् । महाशाखाका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले मंगलबार निवेदन दर्ता भएको जानकारी दिए। निवेदन आवश्यक कारवाहीका लागि साइबर व्यूरोमा पठाउने वा जिल्ला प्रहरी कार्यालय चितवन पठाउने त्यसबारे टुंगो लागि नसकेको उनले बताए।

गीतमा भिडियोको दृश्य मकवानपुरको छ। ‘मंगोल होप अफिसियल’ नामक युट्युब च्यानलमा अपलोड गरिएको उक्त भिडिओमा नेपालको झण्डा र ढाका टोपी जलाएको दृश्य राखिएको छ।

साथै भिडिओमा बाहुन क्षेत्रीलाई शरणार्थी भनिएको छ। ‘देशद्रोही’ नाम दिएर युट्युवमा अपलोड गरिएको यस गीतले जातीय द्वन्द्व निम्त्याउने भन्दै व्यापक आलोचना भइहेको छ।

प्रतिक्रिया दिनुहोस्