सिन्धुपाल्चोक पहिरो अपडेट : २४ जनको शव भेटियो १५ अझै बेपत्ता



सिन्धुपाल्चोक भदौ २ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा–२ लिदी लामागाउँको पहिरोमा बेपत्ता भएका ३९ मध्ये २४ जनाको शव फेला परेको छ ।

सोमबारसम्म २२ जनाको शव फेला परिसकेको थियो । पहिरोले पुरिएको अवस्थामा मंगलबार थप २ जनाको शव फेला परेको र सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय चौताराले जनाएको छ ।

मृत्यु हुनेमा अधिकांश बालबालिकासहित महिला र बाँकी पुरुष छन् । हालै भेटिएको शव ७२ वर्षीया शिरमाई दोङ र ८७ वर्षीया धनलक्ष्मी दोङको रहको जिल्ला प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रहरीको तथ्यांक अनुसार लिदी लामा गाउँकी ३६ वर्षीया टिकामाया दोङ, १४ वर्षीया छिरिङ दोङ, ८० वर्षीया जिते झाँक्री, ८ वर्षीय मिलन दोङ, ८ वर्षीय सानू दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीया दावाल्हामु दोङ, ५ वर्षीया प्रिती दोङ, ५ महिनाकी कान्छी दोङ, ३४ वर्षीया धनमाया दोङ, ४ महिनाका रेमिश दोङ, १६ वर्षीय माईला पराङ दोङ, ३७ वर्षीया मेकमाई दोङ, १९ वर्षीया च्यामा दोङ, ७ वर्षीया विमला दोङ, ७ महिनाका कबिर दोङ, ११ वर्षीया लक्ष्मी दोङ, १२ वर्षीय हिन्दुस दोङ, ३० वर्षीय मानबहादुर दोङ, २२ वर्षीय छविलाल दोङ अजय, ६ वर्षीय सुमन दोङ, १० वर्षीय सुरज दोङ गरी २२ जनाको यस अघि नै सनाखत भइसकेको छ । पहिरोमा परी बेपत्ता १५ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्