भक्तपुरमा सार्वजनिक यातायात बन्द



भक्तपुर भदौ २ ।

भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायात भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा आज भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिसँग भएको छलफलबाट यस्तो निर्णय गरिएको हो ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमण नेपालमा पनि तीव्र गतिमा बढिरहेको र काठमाडौं उपत्यकालगायत विभिन्न शहरमा दैनिक सयौंँ संक्रमित थपिरहेको अवस्थामा भक्तपुरमा पनि संक्रमित बढ्दै गएको निस्कर्ष नगरले निकालेको छ ।

सो अवस्थालाई ध्यान दिँदै नगरभित्र सञ्चालन हुने छोटो दूरीका सार्वजनिक यातायात भदौ दोस्रो सातासम्मका लागि पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख प्रजापतिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्