नुवाकोटमा भदौ ९ सम्म निषेधाज्ञा



साझापथ संवाददाता

नुवाकोट,भदौ ३ । नुवाकोटमा भदौ ९ गते सम्मका लागि निषेधाज्ञा कायम गरिएको छ ।

मंगलबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाभर निषेधाज्ञा लागू गरिएको हो। सो नियम भदौ २ गतेदेखि नै लागु हुनेछ भने भदौ ९ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी हुनेछ।

निषेधाज्ञा अवधिमा जिल्लाभर अत्यावश्यकवाहेक सबै सेवा बन्द हुने र आदेश उल्लंघन गरेमा कारवाही गरिने प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्