अछाममा बाढीले बस्ती बगायो, ४ जनाको मृत्यु, १९ बेपत्ता



अछाम,भदौ ३ । अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले बगाउँदा ४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता भएका छन्।

अहिलेसम्म ४ जनाको शव भेटिएको र १९ जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन् ।

बाढीले १६ घर बगाएको छ भने गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्याएको छ ।

प्रहरी घटनास्थलमा जाँदै गरेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेकोे श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्