वाग्मती प्रदेशका मुख्यमन्त्री भन्छन्, ‘सपना साकार हुनेदिशातर्फ अगाडि बढिरहेको छ’



मकवानपुर भदौ ३ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूहरुले देखेको सपना साकार हुने दिशातर्फ अगाडि बढेको बताएका छन् । उनले एक सन्देशमार्फत वाग्मती प्रदेश सरकारले मदन भण्डारी मार्गअन्तर्गत पोष्टबहादुर बोगटी सुरुङमार्ग (भीमफेदीबाट कुलेखानी)को लागि परामर्श सेवाका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको जानकारी दिँदै उक्त कुरा बताएका हुन् ।

पौडेलले सन्देशमार्फत प्रदेश राजधानी हेटौँडा र देशकै राजधानी काठमाडौँलाई सहज ढङ्गले जोड्ने तथा देशको आर्थिक विकासमा मेरुदण्डको काम गर्ने भएकाले सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिइएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्