प्रेस काउन्सिलमा अध्यक्ष श्रेष्ठलाई काम गर्न दिन सर्वोच्चको आदेश



काठमाडौं भदौ ३ ।

सर्वोच्च अदालतले प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाउने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

बुधबार सर्वोच्चले जारी गरेको आदेशमा प्रेस काउन्सिल ऐन विपरित मन्त्रिपरिषदबाट पारित भएको नियमावली कार्यान्वन नगर्न नगराउन उल्लेख छ ।

यससँगै नियमावलीबाट कार्यवाहक अध्यक्षमा नियुक्त दुर्गा भण्डारीले काम गर्न नपाउने भएकी छन् । सर्वोच्चको आदेशले हालका कार्यवाहक अध्यक्ष श्रेष्ठलाई काम गर्ने बाटो खुला गरेको छ ।

सर्वोच्चबाट अन्तरिम आदेश पाएपछि अध्यक्ष श्रेष्ठले प्रेस काउन्सिलको स्वायत्तता जोगिएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्