काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लङ्घन गर्ने ५ सय १० जनालाई कारबाही



काठमाडौं भदौ ४ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञाको आदेश उल्लङ्घन गरेर घरबाहिर निस्कनेलाई प्रहरीले सडकमा ‘होल्ड’ गरेर कार्वाही गरेको छ ।

तिनै जिल्लाका प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा उल्लंघन गरेको भन्दै आज बिहान १० बजेसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा ५ सय १० जनालाई होल्ड गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुशील कुमार यादवले जानकारी दिए। तीमध्ये ३ सय ५३ पुरुष र १ सय ५७ जना महिला छन् ।

काठमाडौँ जिल्लामा मात्रै प्रहरीले ४ सय ३७ जनालाई होल्ड गरेको छ । निषेधाज्ञा उल्लंघन गर्नेलाई अवस्था हेरेर २ देखि ३ घण्टासम्म होल्ड गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले बताए ।

प्रतिक्रिया दिनुहोस्