गुल्मीमा शुक्रबार रातिदेखि लकडाउन



साझापथ संवाददाता

गुल्मी,भदौ ४ । गुल्मीमा शुक्रवार रातिदेखि एकसाता लकडाउन (बन्दाबन्दी) हुने भएको छ । भदौ ५ गते राती १२ बजेदेखि लागु हुने गरि भदौ १२ गते राति १२ बजेसम्मको लागि एक हप्ता पुर्ण रुपमा लकडाउन (बन्दाबन्दी) गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

जिल्ला संकट व्यवस्थापन केन्द्र गुल्मीको बैठकले कोरोना भाइरसको संक्रमणको सर्तकता स्वरुप जिल्लालाई एक हप्ता लकडाउन (बन्दाबन्दी) गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । बिश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस पछिल्ले समय यता नेपालमा तिब्र गतिमा फैलिरहेकाले त्यसको सर्तकता स्वरुपमा जिल्लालाई लकडाउन गरिएको हो ।  खाद्ययन्न, तरकारी, फलफुल, दुध, पानी, औषधी,बोक्ने मालवाहक गाडी, र एम्बुलेन्स बाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइने भएको छ । लकडाउन (बन्दाबन्दी) को अबधीमा अत्याबश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ । अस्पताल, औषधि पसल र पेट्रोलपम्प २४ सौं घण्टा खुला रहनेछन् ।  खाद्यान्न, ग्यास, तेल, फलफुल पसलहरु अनिवार्य रुपमा हातधुने व्यवस्था गरि तोकिएको समयमा सञ्चालन गरिने भएको छ । जिल्लामा तरकारी फलफुल तथा मासु पलस बिहान ७ बजेदेखि ९ बजेसम्म खुल्नेछन् ।

दुग्ध पसल बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुकी ४ बजेदेखि ६ बजेसम्म खुल्ने व्यवस्था मिलइएको छ । प्रशासनले चाडपर्वहरु मनाउदा घरपरिवार मात्रै मिलेर मनाउन आग्रह गरेको छ ।  प्रशासनले केहि दिन अघिबाट जेष्ठ नागरिक र दिर्घरोगीलाई हिँडडुलमा रोक लगाउने निर्णय गरेको थियो । कोरोना भाइरस कोभिड–१९ को संक्रमण बढेकाले त्यसको सर्तकता स्वरुप जेष्ठ नागरिक र दिर्घरोगीलाई गरिएको प्रशासनले जनाएको छ ।

जिल्लामा रहेका सबै पालिकाहरुले जेष्ठ नागरिक र दिर्घरोगी पहिचाहन गरेर उनिहरुलाई अत्याबश्यक काम बाहेर हिँड्डुलमा रोक लगाउने निर्णय भएको छ । सम्बन्धी पालिकाहरुले दिर्घ बिरामीले खाने औषधी व्यवस्थापन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्