टोखा नगरले दैनिक बिहान ५ देखि ८ बजेसम्म कुन कुन पसल खोल्न दिने?(सूचना)



काठमाडौं,भदौ ४ । टोखा नगरपालिकाले निषेधाज्ञाको समयमा नगरवासीको न्यूनतम जीवनयापनलाई सहज बनाउन दैनिक बिहान ५ बजेदेखि ८ बजेसम्म उपभोग्य सामग्रीको पसल खोल्ने समय तोकेको छ।बुधबार बसेको नगरपालिकाको बैठकले जनस्तरमा दैनिक उपभोग्य सामग्री खाद्यान्न,तरकारी फलफूल,दुग्धजन्य पदार्थ विक्री वितरण तथा मासुजन्य पदार्थ विक्री वितरण गर्ने पसलहरु बिहान ५ देखि ८ बजेसम्म दिनहुँ ३ घण्टा खोल्न दिइने सुचित गरिएको छ।

निषेधाज्ञा समयमा आदेशको पुर्ण पालना गर्न,चाडपर्व आफ्नै घरमा बसी सुरक्षाका उपायसहित मनाउन,अत्यावश्यक काममा बाहिर निस्कन परे मास्क प्रयोग गर्न,सार्वजनिक स्थलमा २ मिटरको दुरी कायम गर्न तथा नियमित हात धुन र स्यानिटाइजर प्रयोग गर्न नगरपालिकाले सबैलाई अनुरोध गरेको छ।

उपत्यका काठमाडौंमा समेत दिनानुदिन संक्रमण वृद्धि भैरहेकाले सरकारी तवरबाट मात्रै नभई जनस्तरमा नै सचेतता अपनाउनु पर्ने टोखा नगरका प्रमुख प्रकाश अधिकारीले बताए ।

काठमाडौ उपत्यकामा बिहीबार २ सय संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित थपिएका हुन ।

टोखा नगरद्वारा जारी सूचना :-

प्रतिक्रिया दिनुहोस्