गौहत्याको अभियोगमा नुवाकोटको तारकेश्वरबाट चार जना पक्राउ



साझापथ संवाददाता

नुवाकोट,भदौ ५ । राष्ट्रिय जनावर तथा लक्ष्मीको रुपमा पुजिने गरेको गौहत्या गरेको अभियोगमा नुवाकोट प्रहरीले तारकेश्वर गाउँपालिका–५ बाट चार जना पक्राउ गरेको छ। गौहत्या गरेर मासु भाग लगाइरहेको अवस्थामा उनीहरुलाई बिहीबार राति पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिए।

पक्राउ पर्नेमा चन्द्रबहादुर तामाङ, सुदीप तामाङ, जय तामाङ र दले तामाङ रहेका छन् । काभ्रेस्थित सिरानटोल निवासी सन्तबहादुर तामाङको गोठको गाई लगेर काटेको अभियोगमा उनीहरलाई प्रहरीले नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान भईरहेको तथा शुक्रबार म्याद थप गरि थप कारबाही अघि बढाईने जिल्ला प्रहरी प्रमुख काफ्लेले जानकारी दिए ।

स्थानीयको उजुरीको आधारमा प्रहरीको टोलीले नियन्त्रणमा लिएको प्रहरीको भनाई छ। घटनामा संलग्न अन्यको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्