प्युठानमा अरिङ्गालको टोकाइबाट एकको मृत्यु



प्युठान,भदौ ५ । प्युठानको झिमरुक गाउँपालिका-६ दहखोलाका १० वर्षीय बालक अरविन गिरीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ।

शुक्रवार बिहान घर नजिकैको सिसौको रुखमा बसेको अरिङ्गालले टोकेर उनी घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले प्युठान अस्पताल विजुवारमा उपचारको क्रममा गएराति मृत्यु भएको बालकले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्