कोरोना अपडेट: बितेको २४ घण्टामा ८३८ संक्रमित थपिए



काठमाडौं, भदौ ५ । नेपालमा बितेको २४ घण्टा अवधिमा कोरोना भाइरसका आज ८ सय ३८जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या ३० हजार ४ सय ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएका छन् ।

कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १८ हजार २ सय १४ जना रहेका छन् । शुक्रबार २५० जना संक्रमणमुक्त भएको डा गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्